मोतीपुर औद्योगिक कोरिडोरको जग्गा पुन: मूल्यांकन गर्छौं : गृहमन्त्री खाँण

मोतीपुर औद्योगिक कोरिडोरको जग्गा पुन: मूल्यांकन गर्छौं : गृहमन्त्री खाँण

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतीपुर औद्योगिक कोरिडोरको स्वामित्वमा रहेको जग्गाको पुन: मूल्यांकन गरिने बताएका छन् । तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी र शुद्धोधन गाउँपालिका–३ बेननीस्थित तिनाउ नदीमा निर्माण गरिने पुलको शुक्रबार शिलान्यास गर्दै गृहमन्त्री खाँणले मोतीपुर औद्योगिक कोरिडोरको स्वामित्वमा रहेको जग्गा पुन: मूल्यांकन गरिने बताएका हुन् ।

उनले मोतीपुर औद्योगिक कोरिडोरलाई सानो स्मार्ट औद्योगिक क्षेत्रको रुपमा विकास पनि गरिने बताए । सो क्षेत्रका नागरिकको समस्यालाई सम्बोधन गरेर मात्रै औद्योगिक कोरिडोर निर्माण कार्य अघि बढाइने उनले स्पष्ट पारे ।

‘पुर्जा पाएकालाई बसोबासको अधिकार दिने, नपाएकालाई प्रक्रिया पुर्‍याएर पुर्जा दिने बाँकी जमिनमा मात्रै औद्योगिक क्षेत्रको विकास गरिने छ,’ खाँणले भने । औद्योगिक क्षेत्रको स्वामित्वमा सरकारले हस्तान्तरण गरेको जग्गाका कारण सो क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका नागरिक विस्थापित हुने र निर्माण गरिएका भौतिक पूर्वाधार काम नलाग्ने गरी खेर जाने अवस्था रहेको उनको भनाइ छ ।

गृहमन्त्री खाँणले अहिले पुल र सडक सञ्जालले जिल्लाका ग्रामीण क्षेत्र र बजारलाई सहजै जोडेको बताए । जिल्लामा सडक र पुलको पूर्वाधार विकासले कृषिउपजको बजारीकरणमा सहज, उद्योग कलकारखाना खुल्ने र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सडक, यातायात पूर्वाधार विकासको मूल प्रभाव भएको बताए । तिनाउ नदीमा निर्माण हुने पुलले जिल्लाको ग्रामीण क्षेत्रको कृषिको बजारीकरणमा सहज हुने बताए । तिनाउ नदीमा पुल निर्माणका लागि २०७७ पुस २८ गते हीराचन कालीगण्डकी सिद्धार्थ जेभीले २१ करोड, १५ लाख ४१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २७ गते निर्माण सम्पन्न गर्नुपर्नेछ । पुलको लम्बाई दुई सय मिटर र चौडाई ११ मिटर रहने, पुलको दुवैतर्फ वारिपारि कालोपत्रे गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij