सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्नेमा जोड’

सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्नेमा जोड’

बुटवल

सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

 

लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजना र मिडिया एड्भोकेसीको संयोजनमा मंगलबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले सरकारी कार्यालयहरु अझै लैंगीकमैत्री बन्न नसकेको भन्दै सरकारी कार्यालयहरु लैंगीकमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।

 

लामो समयदेखि सरकारी कार्यालयहरुमा शिशु स्याहार केन्द्र लगायतका पुर्वाधार हुनुपर्ने आवाज उठेपनि अधिकांस कार्यालयहरुमा त्यस्तो ब्यवस्था नभएको भन्दै उनिहरुले जिम्मेवार अधिकारीहरुले त्यसमा ध्यान दिनुपर्ने आवस्यकता औल्याए ।

 

लुम्बिनी प्रदेश सभा सचिब दुर्लभकुमार पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिडिया एड्भोकेसीकी बबिता बस्नेत,पत्रकार अमृता अनमोलले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, असोज ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij