आज पनि मौसम आंशिकदेखि पूर्ण बदली हुने, केही ठाउँमा भारी वर्षा

आज पनि मौसम आंशिकदेखि पूर्ण बदली हुने, केही ठाउँमा भारी वर्षा

काठमाडौं – आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लम्बिनी प्रदेश, गण्डकी प्रदेश,  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो भने देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ । बागमती ,गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्ला दिन मौसम नियमित रुपमा बदली भएको छ । जसका कारण बाढी-पहिरोले सडकहरू अवरुद्ध हुँदा दशैंको लागि घर फर्किने यात्रु मर्कामा परेका छन् ।

प्रकाशित मिति : शनिबार, असोज ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij