यस पटक मतगणना स्थलमा तारजाली नलगाइने

यस पटक मतगणना स्थलमा तारजाली नलगाइने

काठमाण्डाै – निर्वाचन आयाेगले मतगणना स्थलमा तारजाली नलगाइने बताएकाे छ । आज बुधवार पत्रकार सम्मेलनमा बाेल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताउनुभएको हाे ।

प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिनुभयाे । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो ।

यसबैची राजनीतिक दल र उम्मेदवारहरूले भोलि बिहीवारदेखी जुलुस, आमसभा र कोणसभा गर्न पाउनेछन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखि मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारहरूलाई उहाँकाे आग्रह छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij