पाँच दलीय गठबन्धन मुलुकको उज्यालो भविष्य निर्माणका लागि होः गृहमन्त्री

पाँच दलीय गठबन्धन मुलुकको उज्यालो भविष्य निर्माणका लागि होः गृहमन्त्री

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको समुन्नत बिकास र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनका शीर्ष कोही पनि नेता अहिलेको निर्बाचनमा हार्न नहुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) निर्बाचन परिचालन समिति क्षेत्र नम्बर ३ रुपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री तथा पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार समेत रहेका खाँणले मुलुकको समग्र विकास गर्नका निम्ति पाँच दलीय गठबन्धन बनेको बताए ।

‘यस निर्बाचनमा मैले चुनाव जित्छु की हार्छु भन्ने भन्दा पाँच दलीय गठबन्धनका शीर्ष नेताले जित्नुहुन्छ की नाइ ? भन्ने सवाल महत्वपूर्ण छ’, खाँणले भने, ‘नेपाली कांग्रेससहितका पाच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्री–प्रधानमन्त्री बन्नका लागि मात्र होइन, यो मुलुकको सुन्दर र उज्यालो भविष्य निर्माणका लागि हो ।’

 

मुलुकको विकासका लागि जसले इतिहास बनाए र देशलाई जोगाएका छन् त्यस्ता शीर्ष नेताहरु कोही पनि यस निर्बाचनमा पराजित हुन नहुने र आवश्यकता परेमा ती शीर्ष नेताहरुलाई जिताउन आफू आफ्नो चुनावी अभियान बीचमैं छाडेर उनीहरुको निर्बाचन क्षेत्रमा चुनावी मोर्चा बनाउन जान तयार रहेको खाँणले बताए ।

 

बेलाबेलामा नेपाली कांग्रेस र बामपन्थी शक्ति मिलेर नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भएको उनले उल्लेख गरे । ०४६ सालमा निर्दलीय पंचायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०–०६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य, १२ बुंदे सहमती यसैको परिणाम भएको उनले बताए ।

 

पाच दलीय गठबन्धनको काँधमाथि आउने दिनमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको उनले बताए । पाच दलीय गठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा राखेको उनको भनाइ थियो ।

‘नेपालको सामाजिक, आर्थिक, शैक्षिक सवै क्षेत्रमाआमुल परिवर्तन गरि नेपाललाई विकसित मुलुकको रुपमा रुपान्तरण गर्नु परेको छ’, उनले भने, ‘यसैका लागि पाँच दलीय गठबन्धन गर्नु परेको हो र मुलुकलाई विकसित र समृद्ध बनाउन यो गठबन्धनले संकल्प गरेको छ ।’ यो गठबन्धनलाई निर्बाचन पछिसम्म पनि निरन्तरता दिइने उनले जनाए ।

नेकपा एमाले अध्यक्ष केपी ओलीले बारम्बार संविधान उल्घंन, संसद बिघटन, स्वतन्त्र पत्राकारिता माथि हस्तक्षेप, जनताको हक अधिकारमाथि बन्देज लगाउने जस्ता काम नगरेको भए अहिलेको पाँच दलीय गठबन्धनको जन्म नहुने भएकाले यो गठबन्धन बन्नु पर्ने बातावरण बनाइदिएको भन्दै उनले केपी ओलीलाई धन्यबाद समेत दिए ।

माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्वर्गीय गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्ड बीचको आपसी बार्ता र पहलबाटमात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्बाचनमा घेराबन्दी गरि पराजित गर्न सारा स्वदेशी र बिदेशी शक्ति लागेको सूचना आफूले पाएपछि यसबारेमा प्रचण्डलाई जानकारी गराएको र पाँच दलीय गठबन्धनकै प्रस्तावमा प्रचण्डलाई निर्बाचनमा गोरखा लगिएको उनले बताए । ‘प्रचण्डका लागि मैले आफ्नो निर्बाचन क्षेत्र रुपन्देही ३ छाड्न तयार थिएँ’, खाँणले भने ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्वमन्त्री एवं समानुपातिकतर्फका प्रतिनिधिसभा उम्मेदवार हकिकुल्लाह खाँले एमाले अध्यक्ष केपी ओलीले निरन्तर जनता र संविधानमाथि घात गरेको बताए । उनी जनताप्रति कहिल्यै जवाफदेही नभएको जनाए । मुलुकको समृद्धि, विकास र जनजीविका परिवर्तनका लागि पाँच दलीय गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।

क्षेत्र नम्बर ३ (क)का प्रदेशसभा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले गठबन्धन एकढिक्का भए अत्यधिक मतले आफूहरुले निर्वाचन जित्ने बताए । उनले यस क्षेत्रमा मुलुकको नेतृत्व गर्नसक्ने गृहमन्त्री खाँण उम्मेदवार हुनु नै क्षेत्रबासीका लागि खुशी कुरा भएको जनाउँदै दुईतिहाई मतले जिताउनु आग्रह गरे ।

प्रकाशित मिति : शनिबार, कार्तिक १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij