प्रधानमन्त्री दाहालसहित ७ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

प्रधानमन्त्री दाहालसहित ७ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाण्डौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र ७ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा सोमवार अपराह्न आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । यसैगरी एमालेबाट दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीबाट अब्दुल खानले पनि शपथ लिएका छन् । उनीहरूलाई अहिलेसम्म कुनै पनि विभागीय मन्त्रालयको जिम्मा दिइएको छैन । ज्वालाकुमारी साहलाई पनि एमालेका तर्फबाट मन्त्री बनाइए पनि उनी शपथमा सहभागी भइनन् ।

प्रकाशित मिति : सोमबार, पुष ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij