दाङ ।
दाङमा प्रहरीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका ९ बस्ने २२ वर्षीय सुल्तान मियाँ, सोही ठाउँका २६ वर्षीय जुद्ध बहादुर बराल, ४४ वर्षीय तिल बहादुर फुन्जा मगर र ३६ वर्षीय टोप बहादुर रोका रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ बजेतिर राप्ती गाउपालिका ९ देवीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अवैध रुपमा काठ कटानी भइरहेको छ भन्ने विषेश सूचनाका आधारमा इप्रका भालुबाङबाट खटिएको प्रहरी टोलीले कटानमा संलग्न ४ जना व्यक्तिसहित साल जातको काठ फेला पारी डिभिजन बन कार्यालय दाङमा बुझाएको छ ।
यस्तै प्रहरीले सालको चिरान ११ थान ९२९।७६ क्युफिट० र गोलिया थान २ ९७०।८९ क्युफिट० गरी जम्मा १००।६५ क्युफिट काठ बरामद भएको र त्यसको मूल्य करिब एक लाख हुने जनाएको छ । प्रहरीले उनीहरूको साथबाट २ वटा बन्चरो, २ वटा फलामको गल र २ वटा हाते आरा बरामद गरेको थियो ।
प्रकाशित मिति : आइतबार, माघ ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्