काठमाण्डौ – सर्वोच्च अदालतले सांसद पद नरहने आदेश दिएपछि रवि लामिछानेले आफू अहिले अनागरिक रहेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताउनुभयो ।
पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै लामिछानेले भन्नुभयो ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’ उहाँले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने पनि बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्