नवलपरासीको विनयीत्रिवेणीमा एकै ठाउँमा भेटियो नौ वटा बेवारिसे बम

नवलपरासीको विनयीत्रिवेणीमा एकै ठाउँमा भेटियो नौ वटा बेवारिसे बम

नवलपरासी – पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । जङ्गलमा गाईबस्तु चराउन गएका किसानहरूले हिजाे दिउँसाे बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेकाे हाे ।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बम फेला परेको जानकारीपछि दुम्कीवासका प्रहरी निरीक्षकको टोली खटिएको जानकारी दिनुभयो ।

ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।

प्रकाशित मिति : सोमबार, चैत्र १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij