दाङमा ट्रकले ठक्कर दिँदा माेटरसाइलकमा सवार २ जनाकाे ज्यान गयाे

दाङमा ट्रकले ठक्कर दिँदा माेटरसाइलकमा सवार २ जनाकाे ज्यान गयाे

file photo

दाङ – दाङकाे घाेराहीमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएको छ । आज साेमवार घाेराही उपमहानगरपालिका वडा नम्बर ११ खैरामा लु २ ख ४८१ नम्बरकाे ट्रकले लु ७३ प ११६२ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे हाे ।

ज्यान जानेमा माेटरसाइकल चालक घाेराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र माेटरसाइकलमा सवार खैराकै १७ वर्षीय गाेपाल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोटरसाइकलमा सवार विकको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार ट्रकलाई ‘ओभरटेक’ गर्ने क्रममा मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : सोमबार, बैशाख ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij