बुटवल,
बुटवलमा विद्युत सेवा अनियमित भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च बुटवलले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीको नेतृत्वमा विद्युत प्राधिकरणको बुटवल बितरण केन्द्रमा पुगेको उपभोक्ताहरुको टोलीले बुटवलमा विद्युत सेवा अनियमित हुँदा बुटवलवासीले सास्ती भोग्नु परेको भन्दै बिद्युत सेवा नियमित गर्न माग गरेको हो ।
पछिल्लो समय दिनप्रतिदिन गर्मी बढ्दै गएको र विद्युत सेवा अनियमित हुँदा जनजीवन प्रभावित भएको भन्दै अध्यक्ष जिसीले छिटोभन्दा छिटो बिद्युत सेवा नियमित गराउने ब्यवस्था मिलाउन आग्रह गरे ।
सो अवसरमा विद्युत वितरण केन्द्र बुटवलका इन्जिनियर बिनोद शर्माले यो समस्या बुटवलको मात्रै नभएर देशभरकै समस्या भएको बताउदै बिद्युत प्राधिकरणले समस्या समाधान गर्नेतर्फ अग्रसर भएको बताए । पछिल्लो २÷३ दिनदेखि समस्या अत्याधिक बढेको स्वीकार गर्दै उनले राष्ट्रिय ग्रिडमै लो भोल्टेज तथा सिस्टम डाउन हुँदा समस्या भएको उल्लेख गरे ।
पछिल्लो केही दिनयता बुटवलमा बारम्बार विद्युत ट्रिपीङ हुन थालेपछि चौतर्फी आलोचना हुन थालेको छ ।
प्रकाशित मिति : शुक्रबार, असार १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्