तिलोत्तमा ।
तिलोत्तमा उद्योग वाणिज्य संघ, रुन्देहीले उद्योगी ब्यवसायीहरुलाई निर्वाध तथा सुरक्षित रुपमा आफ्नो उद्योग ब्यवसाय सञ्चालन गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन माग गरेको छ । संघले नगरमा शान्ति सुरक्षा कायम गर्ने र उद्योगी ब्यवसायीको संरक्षण गर्ने दायित्व स्थानीय सरकार तथा नगरपालिकाको भएकाले यस तर्फ ध्यान दिन नगरपालिकाको ध्यानाकर्षण गराउंदै तिलोत्तमा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
तिलोत्तमा ११ गाईघाटका निर्माण ब्यवसायी गोविन्द प्रसाद अधिकारीको निवासको पार्किङ्गमा राखिएका जे।सी।भी।,भ्याक्कु र टेक्टरमा आपराधिक समूहबाट भएको आगजनी र उद्योगी ब्यवसायीलाई आतंकित बनाएको घटना प्रति निजि क्षेत्रको प्रतिनिधिमूलक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले भ्रत्सना गर्दै शान्ति सुरक्षाको भरपर्दो प्रवन्ध मिलाउन नगरपालिकासंग आग्रह गरेको छ ।
संघका अध्यक्ष गुणनिधि भण्डारी९माधव० को नेतृत्वमा नगरपालिका गएको संघको प्रतिनिधि मण्डलले यही श्रावण १ गते सोमबार विहान करिव २ः३० वजे भएको आगजनीको घटनाको जानकारी गराउंदै शान्ति सुरक्षाको भरपर्दो ब्यवस्था मिलाउन माग गर्दै नगर प्रमुख रामकृष्ण खाँणलाई बुधबार दिउसो ज्ञापन पत्र बुझाएको हो ।
संघका अध्यक्ष भण्डारी र महासचिव राजकुमार पाण्डेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा यस्ता खालका आपराधिक क्रियाकलापका कारण उद्योगी र ब्यवसायीहरुले यस क्षेत्रमा उद्योग ब्यवसाय गर्न नसकी विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भएकाले शान्ति सुरक्षाको प्रवन्ध मिलाउन सम्वन्धित निकायसंग अपिल गरिएको छ । संघले उक्त घटनाको यथाशिघ्र छानविन गरी आपराधिक क्रियाकलापमा संलग्न दोषीमाथि कडा कारवाही गर्न
तिलोत्तमा नगरपालिका, प्रहरी प्रशासन र राज्यको ध्यानाकर्षण गराएको छ ।
शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा नगरपालिकामा
तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ, रुन्देहीले उद्योगी ब्यवसायीहरुलाई निर्वाध तथा सुरक्षित रुपमा आफ्नो उद्योग ब्यवसाय सञ्चालन गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन माग गरेको छ । संघले नगरमा शान्ति सुरक्षा कायम गर्ने र उद्योगी ब्यवसायीको संरक्षण गर्ने दायित्व स्थानीय सरकार तथा नगरपालिकाको भएकाले यस तर्फ ध्यान दिन नगरपालिकाको ध्यानाकर्षण गराउंदै तिलोत्तमा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
तिलोत्तमा ११ गाईघाटका निर्माण ब्यवसायी गोविन्द प्रसाद अधिकारीको निवासको पार्किङ्गमा राखिएका जे.सी.भी.,भ्याक्कु र टेक्टरमा आपराधिक समूहबाट भएको आगजनी र उद्योगी ब्यवसायीलाई आतंकित बनाएको घटना प्रति निजि क्षेत्रको प्रतिनिधिमूलक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले भ्रत्सना गर्दै शान्ति सुरक्षाको भरपर्दो प्रवन्ध मिलाउन नगरपालिकासंग आग्रह गरेको छ ।
संघका अध्यक्ष गुणनिधि भण्डारी(माधव) को नेतृत्वमा नगरपालिका गएको संघको प्रतिनिधि मण्डलले यही श्रावण १ गते सोमबार विहान करिव २ः३० वजे भएको आगजनीको घटनाको जानकारी गराउंदै शान्ति सुरक्षाको भरपर्दो ब्यवस्था मिलाउन माग गर्दै नगर प्रमुख रामकृष्ण खाँणलाई बुधबार दिउसो ज्ञापन पत्र बुझाएको हो ।
संघका अध्यक्ष भण्डारी र महासचिव राजकुमार पाण्डेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा यस्ता खालका आपराधिक क्रियाकलापका कारण उद्योगी र ब्यवसायीहरुले यस क्षेत्रमा उद्योग ब्यवसाय गर्न नसकी विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भएकाले शान्ति सुरक्षाको प्रवन्ध मिलाउन सम्वन्धित निकायसंग अपिल गरिएको छ । संघले उक्त घटनाको यथाशिघ्र छानविन गरी आपराधिक क्रियाकलापमा संलग्न दोषीमाथि कडा कारवाही गर्न तिलोत्तमा नगरपालिका, प्रहरी प्रशासन र राज्यको ध्यानाकर्षण गराएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्