रूकुम,
रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ बास्थलामा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
घाँस काट्न जाने क्रममा स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय काली बहादुर खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गाउँ नजिकै पोखरपारी भीरमा घाँस काट्न गएका उनीहरूको पहिरोले च्यापिएर आइतबार अपराह्न ४ बजेतिर मृत्यु भएको हो ।
उनीहरूसँगै रहेकी ४२ वर्षीया बल कुमारी खत्री घाइते भएको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार घाइते खत्रीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ
प्रकाशित मिति : आइतबार, साउन १४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्