साउन
तिलोत्तमा जेसीजले तिलोत्तमा नगरका जनप्रतिनिधी तथा सरोकारवाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा जेसीजले यही भदौ ८ र ९ गते सम्पन्न गर्न लागेको नेपाल जेसिस क्षेत्र घ सम्मेलनको बिषयमा तिलोत्तमा नगरपालीकाका जनप्रतिनिधी, नगरभित्र क्रियाशिल विभिन्न राजनैतिक दलका प्रतिनिधी एव स्थानीय सरोकारवाला निकायका बिचमा अन्रक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रियामा स्थानीय जनप्रतिनिधी तथा सरोकार वाला निकायका प्रतिनिधीले सम्मेलनका क्रममा तिलोत्तमाको पहिचान झल्कने कला सस्कृती, भेष–भुषा लाई प्राथमकिता दिनु पर्ने बताएका छन् । उनीहरुले सम्मेलन नगरको पहिचान सँग समेत जोडिएको भन्दै सम्मेलन सफल पार्नू नगर भित्रका सबैको साझा दायीत्व भएको बताए । जेसीजले तिलोत्तमा सम्मेलन गर्नू तिलोत्तमा बासीकै लागी गौरवको बिषय भएको भन्दै यस क्षेत्र घ सम्मेलनले युवालाई उद्यमशिलता र उप्पादनको क्षेत्रमा जोडदै युवा पलायन हुने परम्पराको न्युनीकरणका लागी पहल गर्न समेत सुझाव दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालकिाका नगर प्रमुख रामकृष्ण खाणले युवाहरु परिर्वतन र रुपान्तरणको बाहक भएको उल्लेख गर्दै पछिल्लो समय नेपालमा स्टेन्ड बाजीहरुको कारणले गर्दा युवाहरु झन विदेश पलायन हुने क्रम बढेको र यसलाई रोक्नका लागी जेसीज जस्ता सस्थाहरुले युवाहरुलाई उद्यमशिलता र उत्पादनको क्षेत्रमा जोड्नु पर्ने बताउनु भयो । उहाँले शासन व्यक्तिको हैन विधिको हुनुपर्छ भन्ने जेसीजको मुल मन्त्र जस्तै मुलुकमा राणा शासन, पन्चायत, राजतन्त्रको अन्त्य सँगै विधीको शासन स्थापीत भै सकेको भन्दै अबको क्रान्ति गरिवी अन्त्य सँगै उद्यमशिलता बिकास रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाँले जेसीजले आयोजना गर्न लागेको क्षेत्र घ सम्मेलनको पहिचान तिलोत्तमा जेसीज सँग मात्र नभई समग्र तिलोत्तमा नगर सँग पनि जोडिएको बताउनु भयो । उहाँले जेसीज क्षेत्र घ सम्मेलनको सफलता असफलता जेसीजको मात्र नभई नगरको समेत भएको बताउदै कार्यक्रमको जस अपजसको जिम्मा नगरपालीकाले समेत लिने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा तिलोत्तमा नगर उप्रमुख जागेश्वरी देवी चौधरीले जेसीजले तिलोत्तमा नगरमा गर्ने सम्मेलन बर्षौको अन्तरालमा आयोजना हुने सम्मेलन भएको उल्लेख गर्दै यस सम्मेलनमा नगरको पहिचान झल्कने कला सस्कृतीलाई जोड्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा वडा अध्यक्षहरु रमेश डुम्रे, गणेश पाठक, फर्सुराम गिरी, लुम्बिनी प्रदेश युवा परिषद उपाध्यक्ष गोविन्द के.सी, चम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जे.पी कडेल, तिलोत्तमा उद्योग बाणिज्य संघका सचिव राजकुमार पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ तिलोत्तमा नगरका अध्यक्ष मीन तिवारी लगायतले बोल्दै तिलोत्तमा जेसीजले आयोजना गर्न लागेको क्षेत्र घ सम्मेलन नगरको पहिचान सँग समेत जोडिएको भन्दै सम्मेलन सफल पार्नू नगर भित्रका सबैको साझा दायीत्व र जिम्मेवारी भएको बताएका छन् । नगरले तिलोत्तमा चिनौ तिलोत्तमा घुमौ अभियानको थालनी गर्न लागेको उल्लेख गदै नगर भित्र आयोजना हुन लागेको सम्मेलनले तिलोत्तमाको पहिचानलाई देशव्यापी रुपमा प्रचार गर्न टेवा पुग्ने उनीहरुले विश्वास व्यक्त गरे ।
तिलोत्तमा जेसीजले आयोजना गर्न लागेको क्षेत्र घ सम्मेलनमा देशका विभिन्न भागबाट जेसीजमा सक्रिय एक हजार भन्दा बढीको संख्या युवाहरु तिलोत्तमा भेला हुन लागेका छन् । सम्मेलनको तयारीका क्रममा जेसीजले स्थानीय सरकारका प्रतिनिधी तथा सरोकार वाला निकाय सँग छलफल गरेको हो । तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रमा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जीवन कार्की, तिलोत्तमा जेसीजका सस्थापक अध्यक्ष विनोद ढकाल, पुर्व अध्यक्ष विनोद सुवेदी, यादव भट्टराई, जयप्रकाश भट्टराई, बासु देव शर्मा, निशान बाबु कार्की, लोक प्रसाद भण्डारी राजु, निर्वतमान अध्यक्ष बिनीत भट्टराई, महासचिव महेश शर्मा लगायतले क्षेत्र घ सम्मेलन र जेसीज अभियानको बारेमा बोल्नु भएको थियो ।
प्रकाशित मिति : आइतबार, साउन २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्