काठमाण्डाै – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा भएकाे बस दुर्घटनामा ज्यान गुमाएका सात जनाकै परिचय खुलेकाे छ ।
ज्यान गुमाउनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी, ६७ वर्षीया वैजन्ती देवी र महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित रहेका छन् ।
पशुपतिनाथकाे दर्शन गरी काठमाण्डाैबाट जनकपुरका लागि छुटेकाे तीर्थयात्री बाेकेकाे मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाईमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
घाइतेहरुको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनमा रहेकाे पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनु भएकाे छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्