ब्राह्मण समुदायका धर्म,संस्कार संस्कृतिको रक्षाका लागि ब्राह्मण समुदायबीच एकता हुनुपर्नेमा जाेड

ब्राह्मण समुदायका धर्म,संस्कार संस्कृतिको रक्षाका लागि ब्राह्मण समुदायबीच एकता हुनुपर्नेमा जाेड

बुटवल,२५ भदौ ।
ब्राह्मण समुदायबीच एकता नहुदा ब्राह्मण समुदायका धर्म संस्कार र संस्कृतिप्रति प्रहार भएको सराेकारवालाहरूले बताएका छन् ।

ब्राह्मण समुदाय बिभन्न दलमा बिभाजित हुनुकासाथै आफ्नो धर्म संस्कार र संस्कृतिबाट बिचलित हुदा ब्राह्मणहरूकाे धर्म,संस्कार र संस्कृतिमाथि प्रहार भएको उनिहरूकाे भनाइ थियो ।

साेमबार रूपन्देहीको ड्राइभरटोलमा आयाेजित ब्राह्मण समाज रूपन्देहीको तेस्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बाेल्दै उनिहरूले आफ्नो धर्म,संस्कार र संस्कृतिको संरक्षणका लागि ब्राह्मण समुदायबीच एकता हुनुपर्नेमा जाेड दिए ।

ब्राह्मण समुदायले मुलुक सञ्चालन गर्ने नेतृत्व गरेको अवस्थामा ब्राह्मण समुदायमाथि थिचोमिचो भैरहेको भन्दै उनिहरूले आफ्नो धर्म,संस्कार र संस्कृतीकाे संरक्षणका लागि ब्राह्मणहरू एकजुट हुनुको बिकल्प नभएको बताए ।

उनलेे आरक्षण जातको आधारमा नभएर बर्गकाे आधारमा हुनुपर्नेमा जाेड दिए ।

ब्राह्मण समाज नेपाल रूपन्देहीका अध्यक्ष टाेपलाल भुसालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष गाेविन्द राज पाण्डे, समाजका देवदह वडा नं ५ का अध्यक्ष माधव रिमाल लगायतले ब्राह्मणहरू विभिन्न दलमा बिभाजित हुदा ब्राह्मणहरूनै थिचोमिचोमा परेको बताएका थिए ।

९४ प्रतिशत ओमकार समुदाय बस्ने मुलुकलाई सिमित ब्यक्तिकाे निहित स्वार्थ पुर्तिका लागि लहडकाे भरमा धर्म निरपेक्ष राष्ट्र घाेषणा गर्नु गलत भएको बताएका थिए ।

अधिवेशनले समाजको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

अधिवेशनमा जिल्लाका विभिन्न पालिकनका वडा वडा र पालिकाबाट प्रतिनिधिहरू सहभागी भएका छन् ।

प्रकाशित मिति : सोमबार, भाद्र २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij