तिलोत्तमा -तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र विभिन्न क्लबका युवा प्रतिनिधिहरूले अस्ट्रिच फार्ममा अवलोकन गरेका छन् । शनिबार तिलाेत्तमा नगरपालिका १७ मा रहेकाे अस्ट्रिच फार्ममा अवलाेकन गरिएको हाे । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् समाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले तिलोत्तमा नगरपालिका आफैमा उत्कृष्ट नगरपालिका भएको र अाैद्याेगिक हिसाबले पनि उदाहरणीय बन्दै गइरहेको बताए । उनले यहाँ उद्यमको लागि सुनौलो अवसर रहेकाले युवासहित उद्यमीसँग भेटघाट एवम् उद्योग अवलोकन गरेको र यश कार्यबाट युवामा सकारात्मक सन्देश प्रवाह हुने भएकाले आफूले साे कार्यक्रम आयोजना गरेको बताउनु भयो । अवलाेकनकाे अवसरमै उद्यमी सिपी शर्माले नेपाल हरेक दृष्टिकोणबाट उत्पादन र बजारीकरणका हिसाबले चीन र भारत जस्ता छिमेकी राष्ट्र हाम्रो लागि अवसर भएकाले राज्यले युवा उमेरको लाभांश लिनु सक्नु पर्ने बताए । उक्त कार्यक्रममा विभिन्न क्लबहरू नव टिकुलीगढ युवा क्लब , लिस्नु युवा क्लब , सिभर साइड युवा क्लब , न्यु सनराइज युथ क्लब , बाल क्लब र कार्यपालिका सदस्य एवम् नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो । युवामैत्री स्थानीय शासन अभियान्ता जीवन पाण्डेले युवाको लागि विभिन्न सृजनशील कार्य गर्दै आइरहेको र आगामी दिनमा महिनाको एक पटक विभिन्न उद्योगमा युवाहरुलाई अध्ययन , अवलोकन गराउँदै विभिन्न सृजनशील कार्यमा युवाहरुलाई जोड्दै अघि बढ्ने जानकारी दिए । प्रत्येक महिनाको एक पटक विभिन्न उद्योगमा फरक फरक युवाहरुलाई अध्ययन,अनुसन्धान , अवलोकन साथै व्यावसायीसँग साक्षत्कारसमेत गराइने छ ।
प्रकाशित मिति : आइतबार, असोज १४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्