लुम्बिनी ससाँस्कृतिकको कदम ः पर्यटकले सजिलै गन्तव्य भेटाउन राखियो संकेत नम्बर

लुम्बिनी ससाँस्कृतिकको कदम ः पर्यटकले सजिलै गन्तव्य भेटाउन राखियो संकेत नम्बर

पर्यटक भित्राउन लुम्बिनी साँस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ । पर्यटन प्रवर्धन गर्ने हेतुले नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानको नेतृत्वले बाह्रय तथा आन्तरिक पर्यटकहरु लुम्बिनीमा आउँदा अल्मलिन नपर्ने गरि लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र पर्ने सडकहरुमा संकेत नम्बर(स्ट्रीट नम्बर) राखिएको हो ।अन्र्तराष्ट्रिय दातृसंस्ता युएनडिपि,नेपाल टुरिजम बोर्ड र लुम्बिनी साँस्कृतिक नगरपालिकाको साझेदारीमा लुम्बिनी ८० वटा संकेत नम्बर राखिएको छ ।

सडकमा संकेत नम्बरको उद्धघाटन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले पर्यटन क्षेत्रको विकासका लागी नगरपालिका सधै तत्पर रहेको कुरा उल्लेख गरेका छन् । मेयर मुसलमानले विदेशी तिर पयर्टकहरु जाँदा कुन ठाउँ जाने,कहाँ बस्ने जस्ता विषयमा पर्यटकहरुलाई सजिलै जानकारी हाँसिल होस् भन्ने उदेश्यले नम्बरिङ सिष्टम राखिएको बताए । पालिका भित्र पर्ने ८० वटा सडकहरुमा नम्बरिङ गर्ने काम अघि बढेको भन्दै बढि मात्रामा पर्यटकहरुलाई लम्बिनीमा झार्न विविध रणनितिक अभ्यास गरिँदै जाने मेयर मुसलमानको भनाई छ ।

यस्तै,पर्यटकहरुले सजिलै आफनो गतव्य भेटाउन स्ट्रीट नम्बरिङ गरिएको नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताईकी छन् । पर्यटनको विकासमा नगरले चासो दिएको कुरा समेत बताईन् ।अव लुम्बिनीमा आउने पर्यटकहरुले समस्या नझेली अवलोकन गर्न पाउने वातावरण सृजना भएको कुरा दर्साइन् ।

आर्कषणको केन्द्र लुम्बिनीमा अधिक पर्यटकहरुलाई गन्तव्यमा पुग्न सहजहोस् भन्ने उदेश्यले पहिलो अभ्यास चालिएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले बताएका छन् । बढ्दो सहरीकरणका कारण पर्यटकहरुलाई अल्झिन नपरोस भन्ने चाहानालाई मध्येनजर गदैै सडकमा संकेत नम्बर राखिएको बताए । पर्यटन क्षेत्रको श्रवृद्धिका लागी नगरपालिका सधै हातेमालो गर्न तयार रहेको र यि कार्यहरुमा सवैको साथको अपेक्षा समेत प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले गरे ।

यसैगरि पर्यटकहरुको यात्रालाई सहज रुपमा सफल बनाउन संकेत नम्बरले महत्वपुर्ण भुमिका खेल्ने युएइनडिपीका सु्दिप अर्यालले जानकारी दिए । पहिलो साझेदारी कार्यक्रम अन्र्तगत संकेत नम्बर राखिएको र पर्यटकहरुलाई थप भित्राउन सुचना केन्द्र स्थापना समेत गरिने कार्यक्रम रहेको पनि उल्लेख गरे ।

 

प्रकाशित मिति : मंगलबार, असोज २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij