पाल्पा,
पाल्पाको दाेभान स्थित भुतखोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बस्ने, २२ वर्षीय बिमल आचार्य रहेका छन् ।
उनको मंगलबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, भूतखोलाको पोखरीमा डुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रुपन्देहीको भैरहवाबाट घुम्न आएका आचार्य र २६ वर्षीय युना दाहाल भूतखोला पोखरीमा अचानक डुबेको र स्थानीयले उद्दार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएकामा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।
घाइते अवस्थामा रहेकी दाहालको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाको सम्बन्न्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रदेश र स्थानीय सरकाले बिना अध्ययन जथाभावी निर्माण गरेको संरचनाले हरेक वर्ष गर्मी सिजनमा पौडी खेल्न जाने र अन्य सिजनमा फोटो खिच्न जानेहरु चिप्लिएर लड्ने गरेका छन् ।
गत वर्ष प्रदेश सरकारले पर्यटकीय क्षेत्र भूतखोला व्यवस्थित गर्न २५ लाख बजेट विनियोजन गरेको थियो । डिभिजन वन कार्यालय र स्थानीय सामुदायिक वनले व्यस्थित गर्ने योजना अघि सारे पनि सुरक्षाको प्रबन्ध भने नमिलाएको स्थानीयको गुनासो छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्