आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डाै – देशका पहाडी क्षेत्रमा आजको मौसम आंशिक बदली छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका साथै कोशी र बाग्मतीका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

मधेस प्रदेशसहित तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागेको छ ।

आज कोशी र बाग्मतीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन तर दिउँसोदेखि पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानकाे न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ । हिजो बिहान ८ दशमलव १ डिग्री रहेकोमा आज न्यूनतम तापक्रम घटेको हो ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij