अर्थतन्त्रमा कत्ति पनि सुधार नआएको ‘सर्भे’ को निष्कर्ष, उत्पादन र मागमा व्यापक कमी

अर्थतन्त्रमा कत्ति पनि सुधार नआएको ‘सर्भे’ को निष्कर्ष, उत्पादन र मागमा व्यापक कमी

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आएको धेरै पटक दाबी गरे पनि एक सर्वेक्षणले अर्थतन्त्रमा कत्ति पनि सुधार नआएको देखाएको छ ।

 

नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले गरेको एक सर्वेक्षणले समग्र बजार माग र उत्पादन नै खस्किएकाले अर्थतन्त्र मन्दीमा गइरहेको देखाएको हो । सर्भेका अनुसार उद्योगहरूको समग्र मागमा यो वर्षको पहिलो तीन महिनामा झन्डै ३६ प्रतिशतले कमी आएको छ । यस्तै उपभोग लगातार घटेपछि ५४ प्रतिशत उद्योगी व्यावसायीले व्यवसाय विस्तारको योजना त्यागेका छन् । यस्तै कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको, उद्योगको कच्चा पदार्थको आयातमा समेत निकै कमी आएको देखिन्छ ।

 

यसैगरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्षको तीन महिनामा २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको तीन महिनामा थप सात दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ । अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गएकाे वर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो जुन चालु वर्षसमेत यथावत् रहेको देखिएको छ ।

 

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार आएको परिसङ्घको बुझाइ रहेकोछ ।

 

प्रकाशित मिति : सोमबार, पुष १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij