बुटवल
लुम्बिनी वेल्फेयर साेसाइटी नेपालकाे नयाँ नेतृत्व चयन भएको छ । शनिबार बुटवलमा भएकाे ८ अाै साधारणसभा तथा ५ अाै अधिवेशनले डि एल शर्मा (दुर्गा भुसाल)काे अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन भएको हाे । जसकाे वरिष्ठ उपाध्यक्षमा रविन्द्रनाथ पंगेनी , उपाध्यक्षहरू रामचन्द्र भुसाल , प्रतिभा पाण्डे , महासचिव ध्रुव पाण्डे , सचिवहरू विष्णु वस्ती र अन्जु केसी चयन भएका छन् । त्यसैगरी काेषाध्यक्षमा नारायण तिवारी , सह काेषाध्यक्ष लाेकनाथ गैह्रे निर्वाचित भएका छन् ।
साथै सदस्यहरूमा शंकर पाण्डे , लक्ष्मी पाण्डे , लक्ष्मी क्षेत्री , सविना कुमारी पुन , चन्दा कुमारी थापा , निर्मला भट्टराई , विष्णु एकादेव सापकोटा , छायाँ पन्थ , निशा शर्मा , कमला गैह्रे , तिलमाया भट्टराई , गाेमती पाण्डे , सरस्वती रिजाल र लाेकनाथ भुसाल चयन भएकाे निर्वाचन समिति संयाेजक चण्डीप्रसाद भण्डारीले बताए । त्यसैगरी सल्लाहकारहरूमा खगेन्द्र प्रसाद शर्मा रेग्मी , लाेकनाथ भुसाल , लाेकनाथ न्याैपाने , हुमनाथ तिवारी , रामप्रसाद पन्त , ज्ञानेश्वर भण्डारी , चण्डीप्रसाद भण्डारी र काैशल बस्याल चयन भएका छन् ।
शनिवार नै भएकाे अधिवेशनबाट लेखा समिति संयाेजकमा डिपी बस्याल , सदस्यहरू विष्णु अाचार्य र विश्वास पाेखरेल चयन भएका हुन् ।प्रमुख अतिथी लोकनाथ न्यौपानले संस्थाको विगतको ईतिहास प्रशंसनीय रहेको भन्दै सदैव सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । २प०६६ सालमा स्थापना भएकाे संस्थाकाे विशुद्ध मानव सेवा गर्ने उदेश्य रहेकाे नव निर्वाचित अध्यक्ष डिएल शर्माले बताए । उनले सामाजिक काम गर्नुपर्ने संस्थाकाे दायित्व रहेकाे बताउँदै चाहेकाे खण्डमा हामीले जे पनि गर्न सकिने बताए । साथै नवनिर्वाचित अध्यक्ष भुसालले काम गर्नका लागि सहयाेग गर्न पनि अाग्रह गरे ।
कार्यक्रमकाे समापन गर्दै निवर्तमान अध्यक्ष खगेन्द्र प्रसाद शर्मा रेग्मीले संस्थालाई सहज र उत्कृष्ट तरिकाले अगाडि बढाउन अाग्रह गरेका छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्