पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको छ : मुख्यमन्त्री महरा

पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको छ : मुख्यमन्त्री महरा

दाङ

 प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको बताउनुभएको छ । दाङको भालुवाङमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री महराले पछिल्लो समय जनतामा बढिरहेको नकारात्मकतालाई वास्तविकतामा बदल्ने काम पत्रकारले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको जय–जयकार होइन, रचनात्मक हिसाबले सरकारको कमीकमजोरी औँल्याउँदै सुझाव दिनुपर्छ । पत्रकारले जनतामा निराशा बाँड्ने काम हुनुहुन्न ।’ सरकारले समय तालिका बनाएर नयाँ ढङ्गबाट कामको सुरुवात गरेको स्मरण गराउँदै मुख्यमन्त्री महराले सरकार गठन भएपछि संसद्को विषयगत समितिको नेतृत्व टुङ्ग्याएर प्रदेश सभालाई बिजनेस दिइएको बताउनुभयो ।मिडिया क्षेत्र हरेक राजनीतिक परिवर्तनमा अग्र मोर्चामा रहेको बताउँदै मुख्यमन्त्रीले यथास्थितिमा रमाउनुभन्दा अग्रगमनका लागि सधैँ तयार रहन समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : बुधबार, बैशाख १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij