महिलाका लागि उद्यमशील तालिमअन्तर्गत ३ महिने मन्टेश्वरी तालिम सम्पन्न भएकाे छ । तिलाेत्तमा नगरपालिका वडा नम्बर १ काे अायाेजनामा शुक्रबार साे तालिमकाे समापन भएकाे हाे । तालिमकाे समापन गर्दै प्रमुख अतिथि तिलाेत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चाैधरीले थाेरै बजेटमा पनि नमुनाकै रूपमा वडा कार्यालयले याे तालिम गरेकाे भन्दै प्रशंसा व्यक्त गरिन् । उनले तालिम लिएकाहरू स्वराेजगार बन्न अाग्रह गर्दै त्यसका लागि वडा र नगरले सदैव सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यस्तै वडा नम्बर १ का अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष फर्सुराम गिरीले बजेट कम हुँदा हुँदै पनि याे तालिम सञ्चालन गर्न सकेकाेे र अागामी वर्ष तालिमका लागि बजेट वृद्धि गर्ने अाश्वासन दिए ।
तालिमका प्रशिक्षक अारती केसीले तालिम सिकेर तालिमलाई व्यवहारिक बनाउन अाग्रह गरिन् ।
कार्यक्रममा सहभागीकाे तर्फबाट वाटिका टाेलविकास संस्थाका सृजना लम्सालले तालिम लिन पाउँदा खुसी लागकाे बताइन् । अागामी दिनमा तालिमले अात्मनिर्भर हुन सिकाएकाे बताइन् । तालिम समापन कार्यक्रममा वडा सदस्यहरू गितादेवी न्याैपाने , हिरादेवी बिक , विष्णुप्रसाद पाण्डे , मिलन राना , नमस्ते बाल बचाउ नेपालका अध्यक्ष जगन्नाथ बस्याललगायतकाे उपस्थिति रहकाे थियाे । तिलाेत्तमा वडा नम्बर १ का १९ वटा टाेलविकास संस्थाबाट १/१ जना गरी १९ जना महिला साथै अन्य गरि जम्मा ३१ जना महिलाहरूकाे सहभागिता रहेकाे तालिमका सहजकर्ता धना कार्कीले बताइन् ।
कार्यक्रम नमस्ते बाल बचाउ नेपालकाे सहयोगमा भएकाे भएको थियो । वडा सदस्य गीतादेवी न्याैपानेकाे स्वागत रहेकाे कार्यक्रमकाे सञ्चालन वडा सचिव हेमलाल न्याैपानेले गरेका थिए ।
प्रकाशित मिति : शनिबार, बैशाख २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्