आज कोजाग्रत पूर्णिमाको दिन बुटवलमा सरायँ नाच प्रदर्शन गरिने

आज कोजाग्रत पूर्णिमाको दिन बुटवलमा सरायँ नाच प्रदर्शन गरिने

बुटवल,

घटस्थापनादेखि सुरु भएको दशैं भन्नाले टीका, जमरा, नाचगान, खसीबोका, खानपान मात्रै होइन, सरायँ नाच पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैंको अन्तिम दिन पूर्णिमाको दिन खेलिन्छ । यसैबीच जितगढी सराय व्यवस्थापन समिति बुटवल–१३ ले पूर्णिमाको दिनमा सराय नाच प्रर्दशन गर्ने भएको छ । विगतका वर्षहरुमा जस्तै असोज ३० गते बुधबार आज सराय नाच देखाउन लागिएको आयोजक समितिले जानकारी दिएको छ ।

समितिका अध्यक्ष खिम बहादुर थापाले ऐतिहासिक लोपन्मुख सराय नाच संरक्षणका लागि सराय नाच गर्न लागिएको बताए । वि.सं २०७० सालदेखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाइसराइ गरी रुपन्देहीको बुटवल आएका मानिसहरुको पहलमा सराय नाच संरक्षण गर्ने उद्देश्यले वर्षेनी यो कार्यक्रम राखिएको अध्यक्ष थापाले जानकारी दिए । सराय नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको पनि उनले बताए । ।

लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले उद्घाटन गर्ने सो सराय नाँचमा नेपाली सेनाले टुकडीले पनि सरायँ प्रर्दशन गर्ने कार्यक्रम छ । समितिका सचिव पिताम्बर भण्डारीले आज दिउँसो १ बजेदेखि सुरु भएर ५ बजे सराय नाच सकिने बताए । नेपाल र नेपालीको मौलिक संस्कार र संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि विगत एक दशकदेखि समितिले निरन्तर सरायँ नाच  प्रदर्शन गर्दै आएको सचिव भण्डारीको भनाइ छ । परापूर्वकालदेखि नाच्दै आएको साराय नाँचलाई अहिलेका पुस्तासम्म देखाउनुपर्छ भने लागेरै कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् ।

सरायँ खेल्दा तरबार, खुकुरी आदि परम्रागत हातहतियारहरु नचाएर युद्धकला प्रदर्शन गर्दै एकआपसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने गरिन्छ । सराय नाच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपिठहरूमा नाच्ने प्रचलन छ ।

प्रकाशित मिति : बुधबार, असोज ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij