शीर्ष तीन राजनीतिक दलबीच दसैँपछि पहिलो भेट,शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने आयोग गठनमा छलफल केन्द्रित

शीर्ष तीन राजनीतिक दलबीच दसैँपछि पहिलो भेट,शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने आयोग गठनमा छलफल केन्द्रित

शीर्ष तीन राजनीतिक दलका नेताहरू सर्च कमिटीलाई तुरुन्त पूर्णता दिने विषयमा सहमत भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस विषयमा सहमति भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू उपस्थित थिए।

गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए।

बैठकमा शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउन आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनको प्रक्रिया अघि बढाउनेबारे छलफल भयो।

यससँगै अघिल्लो सरकारले गठन गरेको तर पूर्णता नपाएको सर्च कमिटीलाई तत्काल पूर्णता दिने निर्णय गरिएको हो। माओवादी केन्द्रका उपमहासचिव बस्नेतका अनुसार, सर्च कमिटीले दुई दिनभित्रै पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।

शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउन यी आयोगहरूको गठन महत्त्वपूर्ण मानिएको छ। कानुनी व्यवस्थाअनुसार सर्च कमिटीले पूर्णता पाएपछि आयोग गठन निश्चित समयमा टुङ्गिनुपर्नेछ। बस्नेतले सबै काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

बैठकमा सहभागी नेताहरूले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई छिटो टुङ्ग्याउन र आयोग गठनको प्रक्रिया अघि बढाउन सकारात्मक छलफल भएको बताएका छन्।

प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij