राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिका बैठक बस्दै

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिका बैठक बस्दै

काठमाडौं :

 राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिका बैठक सोमबार बस्दैछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र शहरी विकास मन्त्रालयका अधिकारीलाई बोलाइएको छ।

बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासका साथै योजनाबद्ध शहरीकरण तथा बस्ती विकास सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

यस्तै , बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्दैछ।

प्रकाशित मिति : सोमबार, कार्तिक ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij