रूपन्देहीको सैनामैनाबाट २ लाख बढी नगदसहित २० जुवाडे पक्राउ

रूपन्देहीको सैनामैनाबाट २ लाख बढी नगदसहित २० जुवाडे पक्राउ

बुटवल

रुपन्देहीको सैनामैनाबाट २ लाख २५ हजार ८५ रुपियाँ सहित २० जना जुवाडे पक्राउ परेका छन् ।

तिहारकाे अवसरमा तास खेलिरहेकोे अवस्थामा २० जना जुवाडेलाई पक्राउ गरि आवश्यक कार्वाहीका अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले जानकारी दिईन् । ईलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले विशेष सुचनाको आधारमा नगद रकम सहित २० जनालाई पक्राउ गरिएको हो ।

रुपन्देही सैनामैना वडा न.११ र वडा न.८बाट तास खेलिरहेको अवस्थापमा एक समुहको खालबाट रु.१ लाख ७५ हजार १ सय ८५ र अर्को समुहबाट रु.४९ हजार ९ सय सहित २ लाख २५ हजार ८५ रुपियाँ नगद पैसा समेत बरामद भएको प्रहरीले जनाएकोे छ ।

घटना अनुसन्धानमै भएकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने जुवाडेलाई म्याद थप गरि जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने कसुर अन्र्तगत कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij