शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई अनुरोध

शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई अनुरोध

काठमाण्डौ -सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई अनुरोध गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले मासिक तलब भत्ता भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेको हो । शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था रहेको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

यसअघि शिक्षा मन्त्रालयले प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पाउने तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै पालिकालाई परिपत्र गर्न भन्दै पत्र पठाएको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न पालिकाहरूलाई ताकेता गर्दै आएको थियो । चौमासिक रूपमा तलब पाउँदै आएका शिक्षकहरूले लामो समयदेखि मासिक तलब पाउने व्यवस्थाको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij