तिलोत्तमा ,तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम गोरकट्टा सोलार कम्पनी नजिक बसको ठक्करबाट एकजना स्थानिय युवाको मृत्यु भएको छ। तिब्र गतिमा आएको बसले स्कुटीलाई ठक्कर दिंदा स्कुटीका चालक माधव गौतमको मृत्यु भएको हो ।
पुर्वबाट पश्चिम दिशामा गैरहेको बुटवल-मणिग्राम-फर्साटिकर चल्ने लु २ ख २४ नम्बरको माइक्रो बसले तिलोत्तमा-६ गोरकट्टवा स्थित सोलार कम्पनी अगाडी पश्चिम दिशाबाट आइरहेको लु ९० प ४२०० नम्बरको स्कुटिलाई ठक्कर दिंदा सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।
ठक्करपछि बेहोस भएका गौतमको स्थानिय अस्पतालमा पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोस्ट गोरकट्टाका हवल्दार बिष्णु प्रसाद भुसालका अनुसार गाडी चालक र गाडी ईलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, माघ ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्