गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन्।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने।
झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए।एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन्। त्यसयता उनी रेकर्डिङ र मेला महोत्सवमा व्यस्त छिन्।
प्रकाशित मिति : शुक्रबार, माघ १८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्