तिलोत्तमा , रुपन्देहीको तिलोत्तमा नगरपालिका(६, पश्चिम पहुनीमा १०८ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ।
मोक्षधाम सेवा आश्रमले विश्वको ठूलो त्रिशूल स्थापना गरिएको दावी गरेको छ।
शुक्रवार मोक्षधाम सेवा आश्रमको प्राङ्गणमा स्थापित यस त्रिशुलमा भगवान शिवको डमरु समेत समावेश गरिएको छ।
करिब ५०० जनाको सहभागितामा भजन कीर्तनसहित त्रिशुलको स्थापना गरिएको हो। लुम्बिनी इन्जिनियरिङले त्रिशुलको निर्माण निःशुल्क रूपमा सम्पन्न गरेको हो भने आवश्यक सामग्री मोक्षधाम सेवा आश्रमले उपलब्ध गराएको थियो।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका ६ का वडाध्यक्ष गणेश पाठकले मोक्षधाम सेवा आश्रम हिन्दु धर्मको सबैको साझा आस्थाको केन्द्र भएको बताउनुभयो।
मोक्षधाम सेवा आश्रमका कार्यवाहक अध्यक्ष टिकाराम पाण्डेले त्रिशुलको औपचारिक उद्घाटन शिवरात्रिका दिन ९फागुन १४ गते० विशेष पूजासहित गरिने जानकारी दिनुभयको छ। उहांले मोक्षधाम सेवाको अवधारणा २०६८ सालमा सुरु भई विभिन्न धार्मिक तथा सामाजिक संरचनाहरू निर्माण भइरहेको बताउनुभयो।
हालसम्म आश्रमले राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिंगसहितको विश्वनाथ मन्दिर, होवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर तथा सभा हल निर्माण गरिसकेको छ।
कोषाध्यक्ष नारायण बन्जाडेले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको मोक्षधाम सेवा आश्रमले नियमित रूपमा धार्मिक अनुष्ठान, सत्संग तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभएको छ।
उहांले रुपन्देही जिल्लालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित यस धामलाई पृथ्वीमै स्वर्गको अनुभूति दिने संरचनाका रूपमा विकास गरिने योजनामा आश्रमले कार्य गरिरहेको बताउनुभयो।
१०८ फिट त्रिशुलको स्थापनासँगै बद्रीनाथ, द्वारिका मन्दिरको इस्टिमेट आएको र ती संरचनाहरू निर्माण प्रक्रियामा रहेको सह(सचिव आनन्द भगवत श्रेष्ठले बताउनुभयो।
कार्यलय सदस्य सचिव बेद प्रकाश न्यौपानेले धामको गुरुयोजना अनुसार पत्थरजडित आठधामको मुख्य मन्दिर, आकर्षक बगैंचा, व्यवस्थित सचिवालय तथा नवग्रह मन्दिर निर्माण गर्ने योजना रहेको बताउनु भयो।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्