दलित उत्थान नगर समन्वय समिति बुटवल नगर

दलित समुदायलाई आय आर्जनमा जोडेका छौं : नगरप्रमुख पाण्डे

दलित समुदायलाई आय आर्जनमा जोडेका छौं : नगरप्रमुख पाण्डे

तिलोत्तमा,

दलित उत्थान समन्वय समिती बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा आयोजना गरिएको दलित समुदायहरुको अवस्था चुनौती तथा कानुनी सचेतना अभिबृद्धी सम्बन्धि कार्यक्रम भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले लक्षित वर्गको लागि बुटवल उपमहानगरपालिकाले सबैभन्दा धेरै बजेट छुट्टाएको नगरप्रमुख खेलराज पाण्डेयले दाबि गरेका छन्। दलित समुदायको लागि बुटवलले आयआर्जन जोड्नेगरी बुटवल उपमहानगरपालिकाले काम गरिरहेको बताएका हुन्।

उनले बुटवलमा आरन ब्यवस्थापन गर्ने, सुनचाँदीका गहना बनाउने तालिम, छाला जुत्ता बनाउने तालिम, सिलाईकटाई तालिम दिनुका साथै उत्पादित सामाग्रीको बजारीकरणको काम लाई जोड दिदै आएको बताए।

कार्यक्रममा दलित उत्थान समन्वय समिती बुटवल उपमहानगरपालिका संयोजक तथा उपप्रमुख साबित्रादेबी अर्यालले बुटवल नगर सरकारले दलित समुदायलाई सधै प्राथमिकतामा राखेर कामगर्दै आएको उल्लेख गरिन्। उनले सामन्ती सोच हट्दै गईरहेको बताउदै अझै समस्या पूर्ण समाधान नभएको बताईन।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव डा । मान बहादुर बिक र प्राध्यापक जीवन परियारले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा छलफलमा बोल्ने बक्ताहरुले दलित समुदायप्रती हेर्नेको दृष्टिकोण परिवर्तन भएपनि विभेद अझै हटिनसकेको उल्लेख गरेका थिए।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष र सदस्यहरु, दलित समुदायका विभिन्न पदमा रहेका ब्यक्तिहरु लगाएतले सुझाबहरु दिएका थिए।

समितिका सह संयोजक रबि बिश्वकर्माले दलितहरुको क्षेत्रमा भए गरेका काम र चुनौतीको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए।

बुटवल उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख दामोदर ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा १ सय ५० बढि दलित अगुवा तथा समाजसेवीहरुको सहभागीता रहेको थियो।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij