तिलोत्तमा, तिलोत्तमा ८ सूर्यपुरा, रूपन्देहीमा सञ्चालित महायज्ञल उत्कृष्ट बनेको छ । महायज्ञले स्थानीय र अन्यत्र समेतका दशौं हजार भक्तजनमा आध्यात्मिक उत्साह थपेको आयोजक समितिका अध्यक्ष तुल्सीराम खरेलले बताउनुभयो । यससँगै, समापनको एक दिन बाँकी रहँदा पचास लाख भन्दा बढी नगद दान समेत संकलन गरेको छ ।
महायज्ञ अन्तर्गत नै आज चौरासी पूजा सम्पन्न भएको मूल समिति सदस्य डोलराज पाण्डेले जानकारी दिनुभयो । त्यस्तै लाख बत्ती बाल्ने कार्यक्रम अन्तर्गत २७ लाख दीप प्रज्ज्वलन गरिएको टिकाराम खरेलले बताउनुभयो ।
हरेक दिन विहानको सत्रमा योगाभ्यास, दिउँसोमा देव लीलामय सांगितिक कथा प्रवचन र साँझको श्रृंगारिक महाआरती समेत समाविष्ट भएकोले महायज्ञमा विशेष आकर्षण थपिएको मूल समिति सदस्य रमाकान्त भूसालले जानकारी दिनुभयो ।
महायज्ञका प्रमुखवाचक आचार्य चैतन्य कृष्ण प्रभुले शास्त्रीय दर्शनका व्यवस्था वर्तमान विज्ञानले समेत स्वीकार गर्दै अंगीकार गरिसकेको बताउनुभयो । त्यसैगरी शास्त्रीय प्रावधानलाई स्वीकार गर्नु सबैको कल्याणमा उपयुक्त हुने समेत प्रभुले बताउनुभयो ।
यसैबीच, श्रृंगारिक महाआरतीको अन्तिम दर्शन आजै साँझ साढे सात बजे गर्न सकिने र रातीको भजन कीर्तनका क्रममा विशेष शिवताण्डव नृत्य समेत सञ्चालन हुने आयोजकले बताएका छन् ।
महायज्ञ भोलि (चैत्र १ गते) समापन हुनेछ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्