तिलोत्तमा , शान्ति नमुनामा विदाई कार्यक्रम तिलोत्तमा, चैत ६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा डिएचएम पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई बुधबार विदाई कार्यक्रम गरिएको छ । डिएचएम पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले विदाई कार्यक्रम गरेका हुन् । विद्यार्थी शुसिल टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयले सिपयुक्त शिक्ष्ठमा जोड दिएको र आगामी दिनमा प्रत्येक विद्यार्थीले विद्यालयबाट बाहिरिँदा केही न केही सिप सिकेर जाने वातावरण तयार पारिने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेल, दिपेन्द्र शाक्य, डिएचएम संयोजक भोजराज वस्ती लगायतले विद्यार्थीहरुलाई उज्जवल भविष्यको लग शुभकामना दिनुभएको थियो । दिलिप क्षेत्री र आस्था तिवारीको सञ्चालनमा भएको कार्यक्रममा विदाई भएका विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । पाँचौ सेमेस्टरका विद्यार्थीहरुले अब भने देश तथा विदेशका होटलहरुमा इन्टनसिप गर्ने डिएचएम संयोजक भोजराज वस्तीले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्