काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने भएका छन् । भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा आज भएको खेलमा पुलिसलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । प्रतियोगितामा पुलिसको यो पहिलो हार हो ।
पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ६ विकेट गुमाएर ५४ बलअघि नै भेटायो । आर्मीका विवेक यादवले नटआउट ४१ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको पुलिसले ४१ ओभर ४ बलमा १ सय ४८ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रन बनाए । आर्मीका शाहब आलमले ४ विकेट लिए । योसँगै शाहब प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो बलर बनेका छन् । उनले ४७ खेलमा एक सय विकेट पूरा गरे । यसअघि नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर बनेका थिए । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।
प्रतियोगितामा १० वटा टोली सहभागी भएकामा पुलिस र आर्मी शीर्ष २ मा रहेर फाइनल खेल्ने भएका हुन् । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्