काठमाण्डौ – चैते औँसी नुहाउन, श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङमा एकैदिन १० हजार जनाभन्दा धेरै भित्रिएका छन्
मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न श्रद्धालुको घुइँचो लागेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कागबेनीमा श्राद्ध गर्ने र मुक्तिनाथमा दर्शन गर्ने दर्शनार्थीको सुरक्षाका लागि मातहतका निकाय खटिएका छन् ।
तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका छन् । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका होटल तीर्थालुले भरिभराउ भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । जोमसोमका पर्यटन व्यवसायी अजित थकालीले पनि हजारौँ श्रद्धालु भक्तजनको घुइँचो रहेको बताउनुभयो ।
दुई वर्षअघि कागखोला बाढीले कागबेनीधाम र भौतिक संरचनामा क्षति पुगेपछि कागबेनीमा श्राद्ध, पूजापाठ र स्नान गर्न समस्या हुँदै आएको छ । कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले यस क्षेत्रको पुनर्निर्माण तत्काल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्