सर्वोच्चले कुलमानको रिटमा अन्तरिम आदेश दिएन, हितेन्द्रलाई काममा फर्किन बाटो खुला

सर्वोच्चले कुलमानको रिटमा अन्तरिम आदेश दिएन, हितेन्द्रलाई काममा फर्किन बाटो खुला

काठमाण्डौ – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सर्वोच्च आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय कुमार चुडा र नित्यानन्द पाण्डेयको इजलासले आज घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर यो मुद्दाले अग्राधिकार पाउने सर्वोच्चले निर्णय गरेको छ । यससँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काममा फर्किन बाटो खुला भएको छ ।

यस्तै सर्वोच्चले प्राधिकरणका कार्यकारी निर्देशकको रिटमा पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा कार्यकारी निर्देशक शाक्य र निवर्तमान कार्यकारी निर्देशक घिसिङको रिट गएको बिहीवार दर्ता भएको हो ।

घिसिङले मन्त्रिपरिषद्ले आफूलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गर्नुभएको थियो । शाक्यले भने यसअघि आफूलाई गैरकानूनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गर्नुभएको थियो ।

चैत ११ गते सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

 

प्रकाशित मिति : बिहिबार, चैत्र २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij