बुटवल, तिलोत्तमा उद्योग वाणिज्य संघले नयाँ बर्ष २०८२ सालको क्यालेण्डर प्रकाशन गरी विमोचन गरेको छ । संघले बिहीबार एक समारोहका बिच क्यालेण्डर विमोचन गरेको हो ।क्यालेण्डरको संघका संस्थापक एवं निवर्तमान अध्यक्ष गुणानिधि भण्डारी (माधव) ले विमोचन गरेका गर्नु भएको थियो । कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष भण्डारीले संघले विगतदेखि भित्तो पात्रो प्रकाशन गर्दै आइरहेको बताउँदै यस वर्ष पनि निरन्तरता दिएकोमा वर्तमान नेतृत्वलाई धन्यवाद दिनुभयो । उहांले संघले व्यावसायीक एकताका साथसाथै आर्थिक क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको बताउनुभयो ।संघका मानार्थ सदस्य हरिलाल पाण्डेले संघले हालसम्म खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई अझै क्रियाशिल बनाइराख्न सुझाव दिनुभयो।संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अहिले व्यापार व्यवसायमा चुनौती थपिएको भन्दै व्यावसायीक एकताका साथ चुनौतीको सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य लक्ष्मण पौडेल, संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, सल्लाहकार कृष्णप्रसाद शर्मा, कार्यसमिति सदस्य शालिग्राम वस्ती, वस्तुगत समितिबाट प्रकाश पोख्रेल, क्यालेण्डर प्रकाशन समितिका संयोजक रोमनाथ गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, चैत्र २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्