सुर्खेत , जाजरकोटमा शुक्रबार साँझ गएको भूकम्पले पहिले नै चर्किएका घरहरू भत्किएका छन् । तर कुनै पनि मानवीय क्षति भने नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।
उनका अनुसार जिल्लाको कुशे, जुनिचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा केही घरहरू भत्किएका छन् । ‘अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको विवरण आएको छैन,’ ‘तीन वटा पालिकामा गत वर्षको भूकम्पले चर्किएका घरहरू नै भत्किएको पाइएको छ । केही अन्य घरहरू पनि चर्किएका छन् ।’
प्रहरीको टोलीले अन्य क्षतिको विवरण सङ्कलन गरिरहेको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५।२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५।५ म्यानिच्यूडको भूकम्प गएको थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्