नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि ६ घण्टा गाडी बन्द हुने

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि ६ घण्टा गाडी बन्द हुने

काठमाण्डौ ,  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि गाडी बन्द गरेर काम हुने भएको छ ।

आजदेखि चैत्र ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख एक गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी रोक्ने निर्णय भएको हो । सडक विभागको आयोजना निर्देशनालेयले गाडी बन्द हुने समयमा रोक्ने ठाउँसमेत सार्वजनिक गरेको छ ।

आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ । मालवाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा रोक्नको लागि ठाउँ छुट्याइएको छ ।

त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक गाडी चिसापानी–बर्दघाट र मालवाहक गाडी ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने आयोजनाले जनाएको छ ।

गाडी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत आयोजनाले आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij