इडनमा पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

इडनमा पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

वुटवल-इडन इङ्गलिस बोर्डिङ्ग स्कुल वुटवल-११, नहरपुरमा नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ। विद्यालयका प्राचार्य शिवहरी भट्टराईको अध्यक्षता,अभिभावक संघ नेपालका केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीको प्रमुख आतिथ्यता तथा जनप्रतिनिधि नकुल शाही ठकुरीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन विद्यालयका उप-प्राचार्य कुशल वस्यालले गर्नुभएको थियो। कार्यक्रममा १०+२ अध्यापकहरुलाई शत प्रतिशत नतिजाका लागि सम्मान गरिएको थियो भने अन्य शिक्षक तथा कर्मचारीहरूलाई उत्कृष्ट कार्य सम्पादन‌को लागी सम्मान गरिए‌को हो। प्रत्येक कक्षाका प्रथम, द्वितीय र तृतिय सहित जि.पि.ए. ४ प्राप्त गर्ने विद्यार्थीहरु तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले इडन स्कुलले बुटवल क्षेत्रमै उत्कृष्ट शैक्षिक सफलता प्राप्त गरेको र अणामी दिनमा पनि विद्यालयल थप उचाइ‌मा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्पूर्ण अभिभावकज्यूहरूले आफ्ना नानीवावुरुरु‌को पढाइमा विशेष ध्यान दिनुपर्ने र विद्यालयको मात्र भर नपर्न पनि आग्रह गर्नुभयो। त्यसैगरी विद्यालयका अध्यक्ष तथा जनप्रति-निधि नकुल शाही ठकुरीले विद्यालयले बुटवल पश्चिम क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको जानकारी दिनुभयो । विद्यालय शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल रहेकाले अभिभावक हरूले ढुक्क भएर इडन स्कुलमा आफ्ना बालबानिकहरूलाई भर्ना गर्न आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य शिवहरी भट्टराईले आगामी शैक्षिक सत्रको योजना सुनाउनुभयो । कार्यक्रममा विद्यालयका उप-प्राचार्य जगत पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij