बुटवल,राजस्व अनुसन्धान विभागले भैरहवाका एक हार्डवेयर व्यवसायीमाथि एक करोड राजस्व छलीको मुद्दा दायर गरेको छ ।
विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत सुन्दर हार्डवेयर एण्ड प्लाइउडका प्रोप्राइटर जोगेन्द्र अग्रहरिले सञ्चालन गरेको पसल तथा गोदामको कारोबारको अनुसन्धान सकेर उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।
अग्रहरिविरुद्ध राजस्व चुहावटमा बिगो र जरिवाना गरी एक करोड ८ लाख ८२ हजार ९ रुपियाँ माग दावी सहित मुद्दा दायर गरिएको हो ।
अग्रहरिले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ लुम्बिनी गेट नजिकै सुन्दर हार्डवेयर एण्ड प्लाइउड सञ्चालन गर्दै आएका छन् । राजस्व अनुसन्धान कार्यालयले उक्त कारोबार स्थलमा खानतलासी गरी अनुसन्धान गर्दा उक्त पसल तथा गोदामको कारोबारबाट राजस्व चुहावट गरेको ठहर गरेको छ ।
अग्रहरिले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ४ छ र झ बमोजिमको राजस्व चुहावटको कसुर गरेको ठहर गर्दै कार्यालयले निजउपर राजस्व चुहावट ऐन २०५२ को दफा २ छ ़बमोजिम ५४ लाख ४१ हजार ४ रुपियाँ बिगो कायम गरेको छ ।
कार्यालयले सो रकम बराबरको बिगो कायम गरी उक्त ऐनको दफा २३ ९१० बमोजिम बिगो असुल उपर गरी बिगोको शत प्रतिशत जरिवाना समेत मागदावी गरेको छ ।
व्यवसायी अग्रहरिमाथिको अनुसन्धान सकेर अदालतमा मुद्दा दाय िगरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्