बुटवल, बुटवलमा रहेको सनराइज बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका छन् । चैत ३१ गतेसम्म बजारबाट रकम उठाएको सहकारीले सोही दिन अध्यक्ष फरार रहेकाले समस्या भएको सूचना टाँसेर सहकारी बन्द रहने जानकारी गराएको हो ।
सूचनामा सम्बन्धित निकायबाट सहकारीका अध्यक्षको खोजी नहुँदासम्म सहकारी बन्द हुने उल्लेख छ । सहकारी बन्द भएको सूचना पाएपछि बचतकर्ताहरू कार्यालय धाउन थालेका छन् ।
यो सहकारी आर्थिक वर्ष २०७८र८९ मा दर्ता भएको थियो । सहकारीका अध्यक्ष आकाश भट्रराई र कोषाध्यक्ष बसन्त भट्टराई दुवै मोबाइल अफ गरी सम्पर्कविहीन छन् । सहकारी उपाध्यक्ष रमेश भट्रराई र सचिव लक्ष्मी अधिकारीले भने आफूहरूलाई सहकारीबारे जानकारी नै नभएको, नातेदारले नागरिकताको फोटोकपी मागेकाले दिएको दाबी गरेको बचतकर्ता बताउँछन् ।
लुम्बिनी प्रदेश सरकारको सहकारी रजिष्ट्रार कार्यालयले भने उक्त सहकारीको समस्याबारे कुनै जानाकारी नभएको जनाएको छ । लुम्बिनी प्रदेश स्थापनापछि १३० वटा सहकारी प्रदेशमा दर्ता भएका छन् । प्रदेशका १२ जिल्लामा ८४८ सहकारी छन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्