आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

साँकेतिक तस्बिर

काठमाडौं । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने उनीहरुको सुझाव छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ । त्यसको प्रभावका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना छ ।

मौसमविद बिनु महर्जनका अनुसार वैशाख ४ गते विहीबार कोशी प्रदेशका एक–दुई ठाउँमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैगरी हिमाली क्षेत्रका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।

वैशाख ५ गते शुक्रबारको दिन कोशी र बागमती प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान छ ।

मधेश, गण्डकी र लुम्बिनी प्रदेश भरी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

अहिले मसुरो र गहुँ काट्ने बेला भएकाले पानी पर्ने सम्भावना भएका ठाउँहरुमा अहिले बाली नकाट्न पनि मौसमविदले सुझाव दिएका छन् ।

‘देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् हरिप्रसाद दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’

 

 

 

प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij