बुटवलको ट्राफिक व्यवस्थापन ः लोड अनलोडलाई सहज बनाउन आग्रह

बुटवलको ट्राफिक व्यवस्थापन ः लोड अनलोडलाई सहज बनाउन आग्रह

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले मालबस्तु ढुवानी तथा लोड अनलोडको सहज व्यवस्थापन गर्न आग्रह गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । संघको टोली राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पुगरे कार्यालय प्रमुख एसपि श्यामबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
बुटवलको मुख्य सडक निर्माणको क्रममा रहेको र अव्यवस्थित पार्किङका कारणले सामानको ढुवानी तथा लोडिङ अनलोडिङ्मा समस्या भएको बताउँदै मालबस्तुको ढुवानी तथा डोडिङ अनलोडिङमा सहज व्यवस्थापनको माग गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मालबस्तु ढुवानीका साधन ट्रयाक्टर, छोटाहात्तीबाट हुने लोड, अनलोड डेलिभरीमा ट्राफिक प्रहरीबाट अनाहकमा दुख दिने, चिट काट्ने कार्य भएकाले उक्त कार्य बन्द गर्न आग्रह गरिएको उहाँले बताउनु भयो । ज्ञापन पत्रमा सडक निर्माणको क्रममा रहेको तथा ट्राफिकचोकदेखि माथि सर्भिस लेन पनि नभएको र सडक नियमको पालना गर्दै हुने डेलिभरी लोड अनलोडमा समेत जरिवाना गर्ने साथै पार्किङ्ग गरिराखेका गाडीमा समेत ह्वील लक लगाउने र चिट काट्ने कार्य भएकोले यस प्रकारको कार्य यथासिघ्र बन्द गरी व्यापार सहजिकरण गरिदिन अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझदै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपि श्यामबहादुर खत्रीले सकेसम्म व्यवहारिक रुपमा ट्राफिक व्यवस्थापनको काम गरिएको बताउनु भयो । उहाँले सडक निर्माणको काम पुरा नहुँदासम्म व्यवहारिक रुपमा सहजिकरण गर्ने बताउँदै ट्राफिक व्यवस्थापनमा पनि सहज हुनेगरी ढुवानी लोड अनलोडको काम गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij