काठमाण्डौ – आज अप्रिल २२ तारिख, विश्व पृथ्वी दिवस । ‘हाम्रो शक्ति, हाम्रो ग्रह’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् २००९ मा राष्ट्र सङ्घको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
सन् १९७० अप्रिल २२ तारिखमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।
यो दिनमा मानवीय गतिविधिले निम्त्याएको वातावरणीय क्षतिको विरोधमा संयुक्त राज्य अमेरिकाका मुख्य शहरहरूमा दुई करोड मानिस निस्किएका थिए ।
पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिन्छ ।
२०औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान ठूलो चुनौतीको रुपमा आएको छ । वर्षेनी शून्य दशमलव १८ डिग्री सेल्सियसको दरले पृथ्वीको तापक्रम बढिरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् ।
सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओजाेन तहको नास, डर लाग्दा आँधी तुफान र सुनामीजस्ता प्राकृतिक विपद्का घटना बढेका छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्