बुटवलको कालिका पथको हाईटेन्सनमा मोटरसाइकल ठोक्किदाँ तिलोत्तमाका टण्डनको मृत्यु

बुटवलको कालिका पथको हाईटेन्सनमा मोटरसाइकल ठोक्किदाँ तिलोत्तमाका टण्डनको मृत्यु

 

बुटवल । बुटवलको कालिका पथमा स्थित सडकको विचमा रहेको विद्युतको हाइटेन्स पोलमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले  जानकारी दिए

शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको पोलमा ठोक्किँदा सो दुर्घटना भएको डिएसपी कार्कीले बताए । पोलमा ठोक्किएर झाँडीमा मोटरसाइकलसँगै उछिटिएर गएका टण्डनको शव सोमबार विहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

‘घटना शनिबार रातिको हो, विद्युतको हाइटेन्सको पोलमा ठोक्किएर झाँडीमा गएकाले आज विहान मात्रै हामीले थाहा पाएको थियौँ,’ उनले भने।

प्रकाशित मिति : सोमबार, बैशाख २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij