विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सिद्धार्थनगर–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयमा कार्यक्रम भएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा विपद् उद्वार सम्बन्धी डेमो (पूर्वतयारी प्रशिक्षण) गरिएको थियो । कार्यक्रममा नेपाली सेना, रेडक्रस सोसाईटी, विद्यार्थी, जनप्रतिनिधि, कर्मचारी, महिला स्वयंसेविका लगायतको सहभागीता रहेको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

विपद्को समयमा जोखिम न्यूनीकरणका साथै व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

 

 

 

प्रकाशित मिति : बुधबार, असार ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij