काठमाण्डौ – सशस्त्र प्रहरीले नारायणीमा बगेका व्यक्तिको सकुशल उद्धार गरेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणी नदीमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिनुभयो ।
झन्डै ४०र५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको र उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवनमा पठाएको सह–प्रवक्ता थापाले बताउनुभयो ।
बग्दै आएका व्यक्तिले आफ्नो पहिचान खुलाएका छैनन् ।
प्रकाशित मिति : आइतबार, असार ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्